२०८३, आश्विन २२ गते

images
  • समाचार
  • प्रहरीमा बढुवा प्रक्रिया तीव्र, २०७० ब्याचका...

प्रहरीमा बढुवा प्रक्रिया तीव्र, २०७० ब्याचका ४ अधिकृत डीएसपी बन्ने अवसर गुमाउने

प्रहरीमा बढुवा प्रक्रिया तीव्र, २०७० ब्याचका ४ अधिकृत डीएसपी बन्ने अवसर गुमाउने

बुधवार, माघ १६ २०८१०२:०३
बुधवार, माघ १६ २०८१०२:०३
  • images

    काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा ७५ दरबन्दी रिक्त भएका छन्। गत शुक्रबार मध्यराति प्रहरी प्रधान कार्यालय, नक्सालले ३७ डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेसँगै रिक्त पद संख्या बढेको हो।

    हाल इन्सपेक्टरबाट डीएसपीमा बढुवाका लागि २०७० सालमा भर्ना भएका अधिकृतहरू मुख्य प्रतिस्पर्धामा छन्। २०७० को ब्याचमा १४४ जना इन्सपेक्टर भर्ना भएका थिए, जसबाट दुई लटमा गरी ६५ जनाले डीएसपीमा बढुवा पाइसकेका छन्।

    अहिले पनि ७९ जना इन्सपेक्टर डीएसपी बढुवाका लागि दौडमा छन्, तर रिक्त स्थान ७५ मात्रै भएकाले ४ जना बढुवाबाट छुट्ने निश्चित भएको छ। बढुवाको निर्णय प्रहरी महानिरीक्षकको अध्यक्षतामा रहने समितिले गर्नेछ, जसमा गृहमन्त्रालयका सहसचिव र प्रहरी महानिरीक्षकले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ। प्रहरी प्रधान कार्यालयले केही दिनभित्र बढुवा सिफारिस प्रक्रिया टुंग्याउने तयारी गरेको छ।

    यसबीच प्रतिस्पर्धी इन्सपेक्टरहरू बढुवामा नाम सुरक्षित गर्न शक्ति केन्द्र धाउने क्रम तीव्र बनेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend