२०८३, आश्विन २२ गते

images

तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदै

तामाङ समुदायले आज सोनाम ल्होछार मनाउँदै

सीएनएन खबर
बिहिवार, माघ १७ २०८१०८:१५
सीएनएन खबर
बिहिवार, माघ १७ २०८१०८:१५
  • images

    काठमाडौं। आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले नयाँ वर्षको अवसरमा सोनाम ल्होछार पर्व मनाइरहेका छन्। यस अवसरमा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ। प्रत्येक वर्ष यो पर्वलाई १२ वर्ग (मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर)को आधारमा मनाइन्छ, जसका माध्यमबाट पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरिन्छ।

    ल्होछारको अवसरमा भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार र शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ। यो पर्व तामाङ समुदायसँगै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा जस्ता समुदायहरूले पनि आफ्ना मौलिक परम्पराअनुसार मनाउँदै आएका छन्। बागमती प्रदेशका विभिन्न जिल्लामा विशेष रूपमा यो पर्व मनाइन्छ, र राजधानीका टुँडिखेल, बौद्ध र स्वयम्भू क्षेत्रमा विविध कार्यक्रमहरू आयोजना गरिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend