२०८३, आश्विन २२ गते

images
  • समाचार
  • ओखलढुंगामा सुमो दुर्घटना, एकै परिवारका तीन...

ओखलढुंगामा सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

ओखलढुंगामा सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

बिहिवार, माघ १७ २०८१११:१८
बिहिवार, माघ १७ २०८१११:१८
  • images

    काठमाडौं। ओखलढुंगाको मानेभञ्ज्याङमा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा दुर्घटना भएको हो ।

    सुमो बिहीबार बिहान करिब साढे ६ बजेतिर समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदा दुर्घटना भएको हो ।

    राति नै दुर्घटना भएको हुन सक्ने भएपनि स्थानीयहरुले बिहानमात्रै देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन् । बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend