२०८३, आश्विन २२ गते

images
  • समाचार
  • विपिन जोशी गाजामा रहेको पुष्टि,आज रिहा...

विपिन जोशी गाजामा रहेको पुष्टि,आज रिहा हुने सूचीमा परेनन्

विपिन जोशी गाजामा रहेको पुष्टि,आज रिहा हुने सूचीमा परेनन्

बिहिवार, माघ १७ २०८१०१:००
बिहिवार, माघ १७ २०८१०१:००
  • images

    काठमाडौं । इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी जीवितै रहेको बताएको छ । द टाइम्स अफ इजरायलले प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको लेखिएको छ । नाम उल्लेख नगरिए पनि हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता एक मात्र नेपाली विपिन जोशी हुन् ।

    इजरायली अधिकारीहरूका अनुसार आज हमासले पाँच थाई नागरिकसहित ८ बन्धक रिहा गर्दै छ । तर यो सूचीमा नेपाली बन्धक जोशी परेका छैनन् । द टाइम्स अफ इजरायलका अनुसार हमासले आज रिहा गरिने ३ जनाको नाम मात्र सार्वजनिक भएको छ । जसमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगाम बर्गर र ८० वर्षीय गादी मोशे मोजेस छन् ।

    यसका साथै आज ५ थाई बन्धक पनि रिहा हुने इजरायली अधिकारीहरूले पुष्टि गरेका छन् । द टाइम्स अफ इजरायलले लेखेको छ, ‘गाजामा अझै आठ थाई बन्धक छन्, साथै एक नेपाली र एक तान्जानियाली पनि छन् । तर दुई थाई नागरिक र एक तान्जानियाली भने मृत घोषणा गरिसकिएको छ ।’

    इजरायल र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend