२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • मधेशवादी आठ दलद्वारा कार्यदल गठन, कुन...

मधेशवादी आठ दलद्वारा कार्यदल गठन, कुन पार्टीबाट को ?

मधेशवादी आठ दलद्वारा कार्यदल गठन, कुन पार्टीबाट को ?

बिहिवार, माघ १७ २०८११०:३१
बिहिवार, माघ १७ २०८११०:३१
  • images

    काठमाडौं । मधेश केन्द्रित ८ राजनीतिक दलले संयुक्त मोर्चा बनाउने निर्णय गरेका छन् । बिहीबार बसेको एकता संवाद समितिको बैठकले मोर्चा बनाउने निर्णय गरेको छ ।

    मोर्चाको नाम, विधान आचारसंहिता लगायतका विषय टुंगो लगाउन ८ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा जसपा नेपालका मनिषकुमार सुमन, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका इस्तियाक राई, जनमत पार्टीका डा. शरदसिंह यादव, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीका शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झा र तमलोपाका बृजकिशोर सिंह सदस्य छन् ।

    कार्यदलले शुक्रबारदेखि नै काम थालेर संयुक्त मोर्चाको अवधारणालाई अन्तिम रूप दिने जसपा नेपालका नेता सुमनले जानकारी दिए । बैठकमा सरकारले ल्याएका विभिन्न अध्यादेशबारे पनि छलफल भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend