२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • निलम्बन फुकुवाको माग गर्दै रविले संसद...

निलम्बन फुकुवाको माग गर्दै रविले संसद सचिवालय दर्ता गरे निवेदन

निलम्बन फुकुवाको माग गर्दै रविले संसद सचिवालय दर्ता गरे निवेदन

शुक्रवार, माघ १८ २०८१११:४८
शुक्रवार, माघ १८ २०८१११:४८
  • images

    काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने सांसद पद निलम्बन फुकुवाको निवेदन लिएर संसद सचिवालय पुगेका छन्।

    केही बेरमा सभामुख देवराज घिमिरेलाई भेटेर निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गर्ने बताएका छन्।

    निवेदन फुकुवाको निवेदन विधिवत् दर्ता भइरहेको सभापति लामिछानेको सचिवालयले जनाएको छ।

    सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो।

    राजनीतिक प्रतिशोध राखेर सांसद पद निलम्बन गरेको भन्दै रास्वपाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विरोध जनाउने यसअघि नै निर्णय गरिसकेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend