२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आइतबारदेखि आन्दोलन थाल्ने शिक्षकको तयारी, सरकारले...

आइतबारदेखि आन्दोलन थाल्ने शिक्षकको तयारी, सरकारले माघ सम्बोधन नगरे काठमाडौँमा आन्दोलन गर्ने

आइतबारदेखि आन्दोलन थाल्ने शिक्षकको तयारी, सरकारले माघ सम्बोधन नगरे काठमाडौँमा आन्दोलन गर्ने

शुक्रवार, माघ १८ २०८११२:४९
शुक्रवार, माघ १८ २०८११२:४९
  • images

    काठमाडौँ । नेपाल शिक्षक महासंघले पर्सि (आइतबार) देखि आन्दोलन थाल्ने भएको छ । संसद्को हिउँदे अधिवेशनबाट आफूहरूका माग सम्बोधन हुनुपर्ने माग राखेर महासंघले आन्दोलन गर्न लागेको हो ।

    महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेको छ । तर, ऐनमा अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षा शिक्षकको कोटा, स्थायी शिक्षकको बढुवा, तलब ग्रेडलगायत २२ वटा बुँदा समेटिनुपर्ने महासंघको माग छ ।

    महासंघले २० माघमा फेसबुकमार्फत, २५ माघमा पालिकामार्फत, २९ माघमा विद्यालय तहबाट आन्दोलन अघि बढाउने तालिका सार्वजनिक गरेको छ ।

    यस्तै, माघ ३० गतेदेखि कालोपट्टी बाँधेर पालिका कार्यालयदेखि नाराजुलुस गर्ने र फागुन २ गतेदेखि जिल्ला शिक्षा तथा समन्वय इकाइबाट जुलुस प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

    त्यसैगरी, फागनु ९ गते प्रदेशस्तरबाट दबाब कार्यक्रम गरी फागुन १७ गते काठमाडौंमा प्रदर्शन गर्ने महासंघको तयारी छ । आफ्ना माग सम्बोधन नभए फागुन १९ देखि दोस्रो चरणको आन्दोलन थाल्ने महासंघले जनाएको छ ।

    teachers-1.jpg
    teachers-2.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend