काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका–६, ताजेगाउँमा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पिपुल्स हाईड्रोपावरमा फलामको पाइप लिएर गएको गाडी फसेपछि सो गाडीको उद्धारमा लगिएको बा२क ३२६७ नम्बरको जेसीबी बिहीबार साँझ साढे ६ बजे दुर्घटना भएको हो । दुर्घटनामा सोही ठाउँका ३९ वर्षीय उमर जंग घलेको निधन भएको छ ।
टाउकोमा गहिरो चोट लागेर गम्भीर घलेलाई उपचारका लागी नयाँ मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो । घलेको बिहीबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घले आयोजनामा सुपरभाइजरको रुपमा कार्यरत थिए । जेसीबी चालकलाई नियन्त्रणमा लिएको छ ।

