२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनामा जुट्यो...

मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनामा जुट्यो रकम, यी ४ बैंकले साढे १० अर्ब लगानी गर्ने

मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनामा जुट्यो रकम, यी ४ बैंकले साढे १० अर्ब लगानी गर्ने

शुक्रवार, माघ १८ २०८१०४:२५
शुक्रवार, माघ १८ २०८१०४:२५
  • images

    काठमाडौँ । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहु जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाटको मस्र्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले १०.५० अर्ब रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुङ्गो लागको छ । 

    कुमारी बैक लिमिटेडको अगुवाईमा लगानी सम्बन्धी सम्झौतामा आज (माघ १८ गते) हस्ताक्षर भएको हो ।

    लगानी सम्झौता एम. ए पावर प्रा लि का अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, कृषि बिकास बैक लिमिटेड र सिद्धार्थ बैक लिमिटेडको संयुक्त लगानीमा हुने गरी ऋण सम्झौता भएको हो ।

    हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैक तथा वित्तिय संस्थाहरुले पनि लगानी गर्ने बताइएको छ । निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ ।

    प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानी तर्फ कुमारी बैक लिमिटेडले ४ अर्ब, प्रभु बैक लिमिटेडले ३ अर्ब, सिद्धार्थ बैक लिमिटेडले २ अर्ब र कृषि बिकास बैक लिमिटेडले १.५ अर्ब लगानी गर्नेछन् ।

    स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । डोल्मा इम्पाक्ट फण्डले पनि स्वपुँजी लगानी गर्न पूर्व आवश्यक प्रक्रिया अगाडी बढाएको कम्पनीका अध्यक्षले बताए । यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड सेतीखोला जलबिद्युत आयोजना २२ मे वा निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

    आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक ०१ ग्तै बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ । आयोजना प्राविधिक परामर्शदाता क्लिन इनर्जी कन्सलटेन्स प्रा लि रहेको छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्का सम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ ।

    आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतीका लागी सम्बन्धित निकायमा पेश भएको छ कम्पनीका अध्यक्षले बताए ।

    आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०÷१३२ केभी मा जोडिने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend