२०८३, आश्विन २२ गते

images
  • समाचार
  • महाकुम्भ मेलाबाट फर्किरहेको गाडी विहारमा दुर्घटना,...

महाकुम्भ मेलाबाट फर्किरहेको गाडी विहारमा दुर्घटना, ५ नेपालीको मृत्यु

महाकुम्भ मेलाबाट फर्किरहेको गाडी विहारमा दुर्घटना, ५ नेपालीको मृत्यु

शनिवार, माघ १९ २०८१०९:०९
शनिवार, माघ १९ २०८१०९:०९
  • images

    काठमाडौं । भारतको प्रयागराजस्थित महाकुम्भ मेलाबाट फर्किने क्रममा स्करपियो दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु भएको छ। महोत्तरी मनरा कट्टी नगरपालिकाका तीर्थालुहरू सवार रहेको बीआर ३२ पीए ४६६१ नम्बरका स्करपियो विहारको मुजफफपुरमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको हो।

    दुर्घटनामा दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको भारतीय न्युज एजेन्सी पीटीआईले जनाएको छ। तीव्र गतिमा रहेको स्करपियो अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयलाई उद्धृत गर्दै विहार मुजफ्फरपुर जिल्लाका प्रहरी उपअधीक्षक विनीता सिन्हाले पीटीआईसँग बताएकी छन्। मोटरसाइकललाई बचाउन खोज्दा स्करपियो अनियन्त्रित बनेको थियो।
    मृतकहरुमा मन्तार्नी देवी, अर्चना ठाकुर, बालाकृष्ण झा, इन्दु देवीसहित ५ जना छन् । यस्तै अरु ४ जना घाइते छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend