काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले जारी गरेको विज्ञप्ती अनुसार राष्ट्रिय किताबखाना छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईदेखि राजनारायण माध्यमिक बिद्यालय सहायक (लेखापाल) सम्म रहेका छन् ।
आयोगका अनुसार यसअघि ३ लाख घुससहित पक्राउ परेका राष्ट्रिय किताबखाना ९शिक्षक० छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध आइतबार मुद्दा दायर भएको हो ।
उनी पेन्सनपट्टा बनाइने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेपछि उनी रंगेहात पक्राउ परेका थिए । अनुसन्धानको सिलसिलामा उनले कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलोमतोमा सेवाग्राहीको नियमानुसार पेन्सनपट्टा बनाइदिनका लागि बिभिन्न बहाना ३ लाख घुस लिएको पुष्टि भएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रसाई र कार्यालय सहयोगी अधिकारी र बिचौलिया न्यौपानेसमेतविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा मुद्दा दायर गरिएको उनले बताए ।
यस्तै, आयोगले आइतबार नै नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका, वडा नं. ५ स्थित राजनारायण माध्यमिक बिद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र बिद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहार विरुद्ध समेत मुद्दा दायर गरेको छ ।
उनीहरुले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निजहरु सुरेश गुप्ता र सुरेन्द्र कहारलाई सेवाग्राहीबाट ६५ हजार रुपैयाँ घुसररिसवत लिइरहेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।
आयोगले दुई जनासहित विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल विरुद्ध समेत मुद्दा दायर गरेको हो ।

