२०८३, आश्विन २२ गते

images

नेप्से २.४१ अंकले बढेर २७३० बिन्दुमा

नेप्से २.४१ अंकले बढेर २७३० बिन्दुमा

सोमवार, माघ २१ २०८१०३:२३
सोमवार, माघ २१ २०८१०३:२३
  • images

    काठमाडौं । सेयर बजार २.४१ अंकले बढेको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अंकले बढेर २७३०.०० बिन्दुमा रोकिएको छ।

    अघिल्लो कारोबार दिन आइतबार भने नेप्से ६९.८० अंकले बढेर २७२७.५८ बिन्दुमा रोकिएको थियो। गत साताको अन्तिम कारोबार दिन मंगलबार पनि नेप्से २४.५० अंकले बढेको थियो। 

    आज नेप्सेमा कुल ११ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने कुल १२ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। गत साताको मंगलबार पनि नेप्सेमा ९ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

    सोमबार कारोबारमा आएकामध्ये ९७ कम्पनीको सेयर मूल्य बढ्दा १३७ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज उपकार लघुवित्त वित्तीय संस्था र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सनराइज फोकस ईक्विटी फन्डको मूल्य ९.०२ प्रतिशतले बढेको छ। ग्रिन डेभलपमेन्ट र रिभर फल्स पावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। 

    सोमबार बैंकिङ समूहमा ०.५४ प्रतिशत, जीवन बिमामा ०.६७ प्रतिशत, उत्पादन समूहमा ०.२७ प्रतिशत, लघुवित्त समूहमा ०.१० प्रतिशत र निर्जीवन बिमा समूहमा ०.८२ प्रतिशतको सुधार आएको छ। 

    यस्तै, फाइनान्स समूह १.०७ प्रतिशत, विकास बैंक समूह ०.३९ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०१ प्रतिशत, जलविद्युत् समूह ०.४८ प्रतिशत र लगानी समूह ०.४७ प्रतिशतले संकुचित बनेको छ। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend