२०८३, आश्विन २२ गते

images

तीन दिन स्थिर रहेको सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

तीन दिन स्थिर रहेको सुनको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, माघ २२ २०८११०:४२
मंगलवार, माघ २२ २०८११०:४२
  • images

    काठमाडौँ । शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्यमा मंगलबार उच्च अंकले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुनचाँदी दुबैको मूल्य बढेको हो ।

    मंगलबार सुन प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार ७ सय  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार सुन एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेका छ । आज चाँदी  प्रतितोला ३५ रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार  चाँदी प्रतितोला एक हजार ८  सय  ९५ रुपैयाँमा  कारोबार भएको थियो । 

    आज  प्रति १० ग्राम सुनको मूल्य एक लाख ४१ हजार २ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ६ सय ५४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend