काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले २१औं वार्षिकोत्सवको अवसरमा दीर्घसेवा पदक पाएका कर्मचारीहरूको लागि ८६ तोला भन्दा बढी सुन खर्च गरेको छ। टेलिकमले दीर्घसेवा पदकमा ८६.१६ तोला सुन र ४०२ तोला चाँदी जडित पदक प्रदान गरेको हो।
नेपाल टेलिकमले कम्पनीमा २० वर्ष सेवा पूरा गरेका २०१ जना कर्मचारीलाई दीर्घसेवा पदक वितरण गरेको हो। टेलिकमले कर्मचारीहरूलाई ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदकका साथै एक महिनाको तलब पनि थप रूपमा प्रदान गरेको छ।
कम्पनीका अनुसार ५ ग्राम सुनको गणना गर्दा १ हजार ५ ग्राम सुनको मूल्य ८६.१६ तोला बनाउँछ। पदक प्राप्त कर्मचारीहरूमा प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीहरू रहेका छन्। यसअघि यो अभ्यासमा ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक दिइने चलन थियो।
नेपाल टेलिकमका सहप्रवक्ता नवीन कुमार मिश्रले भने, ‘दीर्घसेवा पदक पाउने कर्मचारीलाई ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदक दिइन्छ, जुन अभ्यास विगतदेखि कायम रहेको छ ।’
यसै बीच, सञ्चार तथा सूचना प्रविमिन्त्री पृथ्वीसुब्बा गुरूङले कार्यक्रममा भाग लिँदै पदकमा जडिएको सुनको मात्रा बढाउन निर्देशन दिएका छन्। मन्त्री गुरूङले भने, ‘राम्रो काम गर्ने कर्मचारीलाई अझ १० ग्राम सुन जडान गर्न पनि सकिन्छ’ ।
नेपाल टेलिकमको दीर्घसेवा पदक वितरणमा १३३ जना कर्मचारी काठमाडौंमा कार्यरत छन् भने बाँकी कर्मचारीहरू विभिन्न जिल्लामा कार्यरत छन्।

