काठमाडौँ । जिल्ला अदालत चितवनमा जारी रवि लामिछानेको थुनछेक बहस सकिएको छ । लामिछानेको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अभियोजन पक्षबाट तीन जनाले बहस गरेका छन्।
जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक जिल्ला न्यायाधिवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका हुन्। यस्तै जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेको विश्वकर्माले जानकारी दिए।
यससँगै आजलाई बहस सकिएको र बाँकी भोलि हुनेछ। तर रविलाई बहसका क्रममा थुनामा राख्ने कि परिवारको जिम्मा लगाएर पठाइदिने भन्ने आदेश हुन बाँकी छ।
सहारा चितवन सहकारीमा अभियोग दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा हाजिर भएका थिए। जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा बयान सकिएपछि आजै थुनछेक बहस सुरु भएको हो।

