२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • तीन जिल्लाका सरकारी वकिललाई बोलाइयो रविविरुद्धको...

तीन जिल्लाका सरकारी वकिललाई बोलाइयो रविविरुद्धको मुद्दामा बहस गर्न

तीन जिल्लाका सरकारी वकिललाई बोलाइयो रविविरुद्धको मुद्दामा बहस गर्न

बिहिवार, माघ २४ २०८११२:१७
बिहिवार, माघ २४ २०८११२:१७
  • images

    काठमाडौँ । चितवमा रवि लामिछानेविरूद्व बहस गर्न तीन जिल्लाबाट सरकारी वकिल झिकाइएको छ ।

    साहारा सहकारी ठगी मुद्दामा रवि लामिछानेमाथि थुनछेक बहस चलिरहेको छ । चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए ।

    तर, महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको हो । न्यायधीश दयाराम ढकालको इजलासमा दोस्रो दिनको बहस अहिले चलिरहेको छ ।

    सहकारी पीडितको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी, शम्भु बर्तौलाले बहस गर्दैछन् । यस्तै आज सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, रामचन्दै गौतमले बहस गर्ने भन्दै वकालतनामा दर्ता गराएका छन् ।

    जाहेरवालाका तर्फका वकिलले बहस गरेपछि प्रतिवादीतर्फका वकिलले बहस गर्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend