२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन...

रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल

रविविरुद्धको मुद्दामा बहस गर्न झिकाइए तीन जिल्लाका सरकारी वकिल

बिहिवार, माघ २४ २०८१०१:३५
बिहिवार, माघ २४ २०८१०१:३५
  • images

    काठमाडौं । चितवनको साहारा सहकारी ठगी मुद्दामा चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न छिमेकी जिल्लाबाटसमेत सरकारी वकिलहरू झिकाइएको छ ।

    चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए ।

    तर, महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको छ ।

    चितवन आएका तीनै जना सरकारी वकिलले साहारा बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा चितवन अदालतमा परेको लामिछाने विरुद्दको मुद्दामा बहस थालेका छन् ।

    जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार महान्याधिवक्ता कार्यालयको निर्देशनमा उनीहरु चितवन आएका हुन् ।

    ‘नेपाल सरकारको मुद्दामा कमजोर बहस नहोस् जोडतोडले तथ्यहरु आउन सकुन् भनेर उहाँहरुलाई झिकाइएको हो,’ कार्यालय स्रोतले भन्यो, ‘जिल्लाका सरकारी वकिलको बहसलाई थप बल प्रदान गर्न अन्य जिल्लाबाट सरकारी वकिल झिकाइएको हो ।’

    सहकारी ठगीको मुद्दामा चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा दोस्रो दिनको बहस अहिले चलिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend