२०८३, आश्विन २२ गते

images

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

बिहिवार, माघ २४ २०८१०३:२५
बिहिवार, माघ २४ २०८१०३:२५
  • images

    काठमाडौं । बिहीबार सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार ११.६४ अंकले घट्दै बजार २६९९.८१ को बिन्दुमा ओर्लिएको छ । फाइनान्स समूह १.५८ प्रतिशतले बढ्दा बाँकी सबै समूह राताम्मे बने । घटेकामध्ये सबैभन्दा बढी विकास बैंकको सूचक १.५३ प्रतिशतले घट्यो ।

    आज कारोबारमा आएका १६० कम्पनीको मूल्य घट्दा ७४ कम्पनीको मूल्य बढ्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो । उपर लोहोरी खोला हाइड्राको मूल्यमा १० प्रतिशतले बृद्धि हुँदा आज उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्यमा १० प्रतिशतले नै गिरावट आयो ।

    बिहीबार सूचक घटेपनि कारोबार रकम भने बढेको छ । १ करोड ८६ लाख ८० हजार कित्ता सेयर किनेबच हुँदा कारोबार रकम ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँ बराबरको भयो । जुन यसअघिका दुई कारोबार दिनको भन्दा उच्च हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend