काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।
चितवन जिल्ला अदालतमा बुधबारदेखि न्यायाधीश दयाराम ढकालको इजलासमा भएको थुनछेक बहस बिहीबार दिउँसो सकिएको हो । थुनछेक बहस सकिएसँगै अब जवाफी बहस हुनेछ । त्यसपछि यस मुद्दामा आदेश जारी हुनेछ ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिने क्रममा बुधबार बयान नसकेपछि प्रहरीको जिम्मा लगाइएको थियो ।

