२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सरकारी परीक्षाको तयारीका लागि ‘लोकसेवा ज्ञान’...

सरकारी परीक्षाको तयारीका लागि ‘लोकसेवा ज्ञान’ प्रभावकारी अनलाइन प्लेटफर्म

सरकारी परीक्षाको तयारीका लागि ‘लोकसेवा ज्ञान’ प्रभावकारी अनलाइन प्लेटफर्म

सीएनएन खबर
बिहिवार, माघ २४ २०८१०५:११
सीएनएन खबर
बिहिवार, माघ २४ २०८१०५:११
  • images

    काठमाडौँ । नेपालमा सरकारी तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने विद्यार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । प्रविधिको विकाससँगै डिजिटल सिकाइलाई प्राथमिकता दिने विद्यार्थीहरूका लागि ‘लोकसेवा ज्ञान’ एक प्रभावकारी अनलाइन प्लेटफर्मको रूपमा स्थापित भएको छ । 

    लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ क्षेत्र, सुरक्षा निकाय, स्वास्थ्य सेवा आयोग, विधुत् प्राधिकरण, खाद्य संस्थान, नेपाल टेलिकम, लगायत विभिन्न संस्थानहरूको परीक्षाको तयारी गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको यस प्लेटफर्मले अध्ययन सामग्री, प्रत्यक्ष तथा रेकर्डेड कक्षा, अनलाइन परीक्षा तथा पीडीएफ नोट, इ–बुक लगायतका लोकसेवा तयारी सामग्री पनि उपलब्ध गराउनुका साथै लोकसेवा ज्ञान युट्युब च्यानलमार्फत निःशुल्क भिडियो कक्षा लगायत अन्य अध्ययन सामग्री पनि उपलब्ध गराइरहेको छ भने वेभसाइटबाट समेत सेवा लिन सकिन्छ । हाल युट्युब च्यानलमा मात्र ३ लाख १२ हजार भन्दा बढी सदस्य रहेका छन् ।

    लोकसेवा ज्ञान प्रालिका संचालक प्रयाग लाल कुमाईका अनुसार नेपालमा सरकारी सेवाको तयारी गर्ने विद्यार्थीहरूलाई परम्परागत अध्ययन पद्धतिभन्दा प्रविधियुक्त र लचिलो माध्यम प्रदान गर्ने उद्देश्यले यस प्लेटफर्मको सुरुआत गरिएको हो । विद्यार्थीहरूले आफ्नो समयअनुसार पढ्न सक्ने सुविधा, अनुभवी प्रशिक्षकहरूको मार्गदर्शन, डिजिटल अध्ययन सामग्री तथा परीक्षाको पूर्वतयारीका लागि अनलाइन परीक्षा जस्ता सेवाहरू यसमा समावेश छन् ।

    लोकसेवा ज्ञानले नेपालमा सरकारी जागिरको तयारी गरिरहेका हजारौं विद्यार्थीहरूलाई सहयोग पुर्याउँदै आएको छ। नायब सुब्बा, खरिदार, अधिकृत, शिक्षक सेवा आयोग, बैंक तथा वित्तीय संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्य सेवा आयोगका विभिन्न तहका परीक्षा तथा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका सरकारी निकायका परीक्षाका लागि यसले विशेष कक्षा सञ्चालन गरिरहेको संचालक कुमाईले बताए ।

    अनलाइन शिक्षालाई प्रभावकारी बनाउन यस प्लेटफर्मले प्रत्यक्ष तथा रेकर्ड गरिएको भिडियो कक्षा उपलब्ध गराएको छ । विद्यार्थीहरूले आफ्नो आवश्यकताअनुसार जुनसुकै समयमा अध्ययन गर्न सक्ने व्यवस्था गरिएको छ । डिजिटल अध्ययन सामग्रीका रूपमा पीडीएफ नोट्स, इ–बुक्स तथा परीक्षा तयारीका लागि आवश्यक अन्य सामग्री उपलब्ध छन् । साथै, अनलाइन टेस्टका माध्यमबाट विद्यार्थीहरूले आफ्नो तयारीको स्तर मापन गर्न सक्छन् ।

    विद्यार्थीहरूको पहुँचलाई अझ सहज बनाउन लोकसेवा ज्ञानले मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ, जुन गूगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ । मोबाइल एपमार्फत विद्यार्थीहरूले प्रत्यक्ष कक्षा, रेकर्डेड भिडियो, इ–बुक्स तथा पीडीएफ नोट्स सरल रूपमा उपयोग गर्न सक्छन् । साथै, युट्युब जस्ता प्लेटफर्महरूमा अध्ययन सामग्री, परीक्षा तयारीका टिप्स तथा प्रेरणादायी भिडियोहरू उपलब्ध गराएर विद्यार्थीहरूलाई थप सहयोग पुर्याउने प्रयास गरिएको छ ।

    नेपालमा सरकारी सेवाको तयारी गर्ने विद्यार्थीहरूका लागि ‘लोकसेवा ज्ञान’ को डिजिटल प्लेटफर्मले अध्ययनलाई अझ व्यवस्थित, सहज र प्रभावकारी बनाइरहेको छ । संचालक प्रयाग लाल कुमाईका अनुसार, नेपालको सरकारी सेवामा प्रवेश गर्न चाहने विद्यार्थीहरूका लागि यो प्लेटफर्म मार्गदर्शकका रूपमा स्थापित भइरहेको छ। प्रतिस्पर्धात्मक परीक्षामा सफलता प्राप्त गर्न चाहने विद्यार्थीहरूका लागि लोकसेवा ज्ञान एक सहयोगी माध्यम सावित भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend