२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • जातीय विभेद र छुवाछुतको विरुद्धमा सधै...

जातीय विभेद र छुवाछुतको विरुद्धमा सधै रहेको छुः गृहमन्त्री

जातीय विभेद र छुवाछुतको विरुद्धमा सधै रहेको छुः गृहमन्त्री

बिहिवार, माघ २४ २०८१०५:१८
बिहिवार, माघ २४ २०८१०५:१८
  • images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले अन्तरजातीय विवाहप्रति पूूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रतिकै अवमूल्यन हो भन्ने ठानेको बताएका छन् ।

    प्रतिनिधि सभाकोे बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै गृहमन्त्री लेखकले नेहा रौनियार र सत्येन्द्रकुमार रामबीच भएको अन्तरजातीय विवाह सम्बन्धमा प्रकाशित समाचार, अभिव्यक्त चासोहरू र सांसदहरूले उठाएको विषयमा गम्भीर रूपमा ध्यानार्कषण भएको बताए ।

    ‘वैयक्तिक स्वतन्त्रता र मानव अधिकारको ग्यारेन्टीका लागि विद्यार्थीकालदेखि लड्दै आएको, म अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शप्रतिकै अवलमूल्यन हो भन्ने म ठान्दछु,’ उनले भने, ‘नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील छ ।’
    उनले अन्तरजातीय विवाहबारे देशमा पटक–पटक विषयहरू उठ्ने गरेका बताउँदै कुनै प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा आफू सधै रहेको जानकारी दिए ।

    ‘यस विषयमा म र मेरो मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ,’ उनले भने, ‘म अत्यन्त जाँदा संवेदनशील छु, म कुनै प्रकारको जातीय विभेद र छुवाछुतको विरुद्धमा सधै रहेको छु, यो मेरो मात्रै विचार होइन, म सम्वद्ध भएको पार्टी नेपाली कांग्रेस जन्मकालदेखि नै जातीय विभेद र छुवाछुत विरुद्ध रहेको पाटी हो,म त्यसमा अहिले पनि र जीवनभर प्रतिबद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु ।’

    अन्तरजातीय विवाहलाई कानूनले नै मान्यता दिएको बताउँदै उनले कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने निकाय गृह मन्त्रालय भएको र गृह मन्त्रालय कानूनी व्यवस्थालाई अक्षरशः कार्यान्वयन गराउन प्रतिबद्ध रहेको जानकारी दिए ।

    ‘समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोल्कल्पित र असत्य हो भन्ने म आग्रह गर्न चाहन्छु,’ लेखकले भने, ‘समाचार थाहा पाउँदा बित्तिकै मैले गृह मन्त्रालयको तर्फबाट धारणा स्पष्ट पारिसकेको र नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य सार्वजनिक गर्न निर्देशन दिएअनुसार नेपाल प्रहरीले समेत विवरण सार्वजनिक गरिसकेको छ । तथापि केही पनि त्रुटि भएको देखिए छानबिन र कानून बमोजिम कारवाही गर्ने कुरा म सम्मानित सदनलाई विश्वास दिलाउन चाहन्छु ।’

    उनले पीडितको गुनासो सम्बोधन गर्ने र सम्पूर्ण सुरक्षाको प्रत्याभूति दिने कुरामा गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए । ‘नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ, उहाँहरूको जीवनमा कुनै प्रतिकूल प्रभाव पर्न दिइने छैन,’ लेखकले भने, ‘सरकारले सम्पूर्ण रूपमा संरक्षण गर्नेछ भन्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend