२०८३, आश्विन २२ गते

images
  • समाचार
  • सुनिल पौडेल विरुद्ध अर्काे भ्रष्टाचार मुद्दा...

सुनिल पौडेल विरुद्ध अर्काे भ्रष्टाचार मुद्दा दायर

सुनिल पौडेल विरुद्ध अर्काे भ्रष्टाचार मुद्दा दायर

बिहिवार, माघ २४ २०८१०५:४०
बिहिवार, माघ २४ २०८१०५:४०
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध घुस लिएको आरोप भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    आयोगले बिहीबार पौडेलले ३ करोड ८ लाख रुपैयाँ घुस खाएको आरोप लगाउँदै अर्काे मुद्दा दायर गरेको हो । 

    उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहेका बेला खरिदमा संलग्न कम्पनीहरूबाट घुस लिएको आरोपमा मुद्दा दायर भएका हो । 

    एफ–५ नामको खरिदकर्ता कम्पनीका प्रतिनिधि दिपक आनन्दसँग मिलेर ठेक्कापट्टा गर्दा घुस लिएको आरोप पौडेलविरुद्ध छ ।

    अख्तियारले यसअघि पनि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भ्रष्टाचार गरेको अभियोगमा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिसकेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend