२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • प्रभु बैंककाे जमानिमा धराैटी बुझाएर रिहा...

प्रभु बैंककाे जमानिमा धराैटी बुझाएर रिहा भए लामिछाने

प्रभु बैंककाे जमानिमा धराैटी बुझाएर रिहा भए लामिछाने

बिहिवार, माघ २४ २०८१०६:२६
बिहिवार, माघ २४ २०८१०६:२६
  • images

    काठमाडाैँ। प्रभु बैंककाे जमानिमा धराैटी रकम बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

    बिहीबार चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै बैंककाे धराैटी रकम बुझाएर उनी रिहा भएका हुन्।

    साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई  ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियाे।

    यसअघि सहकारी ठगीकै मुद्दामा उनी तीनवटा जिल्ला अदालतबाट पनि उनी बैंककै धरौटीमै रिहा भएका थिए।

    कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी मुद्दामा ६५ लाख धरौटीमा रिहा भएका लामिछानेलाई काठमाडौँ अदालतले स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख धरौटी लिएर छाडेको थियो। 

    त्यसपछि बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा उनलाई रूपन्देही अदालतले एक करोड रूपैयाँ धरौटी माग गरेको थियो। यी तीनवटै जिल्लामा गरी उनले २ करोड २५ लाख रुपैयाँ धरौटी यसअघि नै बुझाइसकेका छन्। 

    अब पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको ठगी प्रकरणमा पनि उनीमाथि मुद्दा चलाउने तयारी छ। प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याइसकेको छ। कास्की प्रहरीको हिरासतमा छँदा रविसहितका अभियुक्तलाई वीरगन्ज पुर्‍याएर बयान लिइएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend