काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएको छ । बिहीबार प्रतिनिधिसभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १ खर्ब ६८ अर्बले घटाएका हुन् । चालु आर्थिक वर्षको १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेटलाई घटाएर १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिएको छ ।

