२०८३, आश्विन २२ गते

images
  • समाचार
  • आजदेखि जाँदैछ काठमाडौँका यी स्थानमा दैनिक...

आजदेखि जाँदैछ काठमाडौँका यी स्थानमा दैनिक बिजुली

आजदेखि जाँदैछ काठमाडौँका यी स्थानमा दैनिक बिजुली

शुक्रवार, माघ २५ २०८१०७:५२
शुक्रवार, माघ २५ २०८१०७:५२
  • images

    काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अबका चार दिन दैनिक पाँच घण्टाका दरले विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । 

    नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्रमा बिजुली अवरुद्ध हुनेछ । प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।

    माघ २७ गते जोरपाटी वितरण केन्द्रअन्तर्गत बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्मका क्षेत्र, माघ २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मका क्षेत्र र माघ २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

    विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend