काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेसँगै शुक्रबारका लागि प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको मृूल्य घट्दा चाँदीको भने बढेको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ५ रुपैयाँले बढेर चाँदी प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ।

