२०८३, आश्विन २२ गते

images
  • समाचार
  • भ्यालेण्टाईन डेमा बुद्ध एयरको अफरः एउटा...

भ्यालेण्टाईन डेमा बुद्ध एयरको अफरः एउटा टिकटमा अर्को फ्रि

भ्यालेण्टाईन डेमा बुद्ध एयरको अफरः एउटा टिकटमा अर्को फ्रि

आइतवार, माघ २७ २०८१०१:३९
आइतवार, माघ २७ २०८१०१:३९
  • images

    काठमाडौँ । १४ फेब्रअरीका दिन मनाईने प्रणय दिवसलाई थप स्मरणीय मनाउन बुद्ध एयरले भ्यालेण्टाईन अफर ल्याएको छ । एकाबिहानै हुने पर्वतीय उडानमा एक टिकटमा अर्को पूरै छुट दिएको छ । यस अफरमा एकजना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ ।

    पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । उडानमा जोडी यात्रुलाई चकलेट, गुलाफ फुल तथा चिया स्पटको मिठो खाजा खानाका लागि डिस्काउण्ट भाउचर दिईनेछ । 

    यसैगरि गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई–ला–बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरुका लागि डिस्काउण्ट भाउचर प्रदान गर्ने बुद्ध एयरले जनाएको छ ।

    यस्तै, ५ जना जोडी यात्रुलाई चन्द्रागिरि केवलकारको आउजाउ टिकट उपलब्ध गराईनेछ । सो अफरको टिकट बुद्ध एयरको काउण्टरबाट लिन सकिन्छ कम्पनीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend