२०८३, आश्विन २२ गते

images

सेयर बजारमा गिरावट

सेयर बजारमा गिरावट

आइतवार, माघ २७ २०८१०३:३४
आइतवार, माघ २७ २०८१०३:३४
  • images

    काठमाडौं । आइतबार पनि सेयर बजार घटेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.४९ अंक घटेको हो। योसँगै नेप्से २६८८ अंकमा कायम भएको छ।

    विगत ४ कारोबार दिनदेखि बजार लगातार घटिरहेको छ। मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंकले बजार घटेको थियो।  बजार झर्दा कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो दिन ९ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडमा खुम्चियो।

    ६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रह्यो। फाइनान्स ०.८०, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.२५ तथा व्यापार समूह १.३९ प्रतिशत घटे।

    अन्य १.३०, निर्जीवन बीमा ०.५७, जीवन बीमा ०.७६, लगानी ०.३९, हाइड्रोपावर ०.५०, होटल तथा पर्यटन ०.२४, विकास बैंक १.३५ र बैंकिङ सेक्टर ०.३५ प्रतिशत घटे।

    दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो। गार्डियनको आजदेखि कारोबार सुरु भएको हो। जसको मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ १० पैसा छ।

    त्यस्तै उपकार लघुवित्तको ६, इनिफिनिटी लघुवित्तको ६ तथा अपरलोहोरेखोलाको ५.२ प्रतिशत मूल्य बढ्यो। त्यस्तै सप्तकोशी विकास बैंकको ६.५, सिन्धु विकास बैंकको ५.६ तथा भूगोल इनर्जीको ४.६ प्रतिशत घट्यो।

    कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीएचडीसी, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे।


     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend