२०८३, आश्विन २२ गते

images

सलिकोले गर्याे इनड्राइभ प्रयोगकर्ताको दुर्घटना बीमा

सलिकोले गर्याे इनड्राइभ प्रयोगकर्ताको दुर्घटना बीमा

आइतवार, माघ २७ २०८१०६:०१
आइतवार, माघ २७ २०८१०६:०१
  • images

    काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेडले इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सेवाको शुरु गरेको छ । इनड्राइभ नेपालका प्रयोगकर्ताहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई इनड्राइभ नेपाल प्रयोगकर्ताहरुको सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले आइतबार एक कार्यक्रमको आयोजना गरी शुरु गरेको हो ।

    उक्त इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको बीमा सेवाको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र इनड्राइभ नेपालका तर्फबाट निर्देशक रिता पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    उक्त बीमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरुको मृत्यु भएमा ८ लाख रुपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँ एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा  ८० हजार रुपैयाँ रकम भुक्तानी गर्नेछ । यस्तै, नाबालिक यात्रुहरुको हकमा क्षतिपूर्ती रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ । साथै, बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभाग मार्फत दाबी गरि लिन सक्नेछन । 

    उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरुले सरल र सहज रुपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ । उक्त बीमा सेवाबाट समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने इनडाइभ प्रयोगकर्ताहरु आफनो गन्तव्य सम्म पुग्नको लागि सुरक्षित यात्राको महसुस गर्नेछन ।

    यसका साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड निर्जीवन बीमा क्षेत्रमा एक उत्कृष्ट बीमा कम्पनीको रुपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढेको जानकारी गराउदछ ।

    .

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend