२०८३, आश्विन २२ गते

images
  • समाचार
  • प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनाविरुद्ध...

प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आइतवार, माघ २७ २०८१०६:०८
आइतवार, माघ २७ २०८१०६:०८
  • images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिृकत सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालत काठमाडौँमा दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    सडक निर्माणमा लागत अनुमानअनुसार काम नगरी नक्कली बिल भरपाई बनाएर रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

    आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बढा, इन्जिनियर सरोज दाहाल, सव(इन्जिनियर नवीनकुमार बीसी, लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख मदनप्रकाश मल्लविरुद्ध १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

    त्यसैगरी, उक्त गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष हिमबहादुर वली, उपभोक्ता समितिका अध्यक्ष गगनसिंह खत्री, सचिव गोविन्दबहादुर वली, कोषाध्यक्ष नन्दा राना र ठेकेदार हिक्मत वलीविरुद्ध पनि १० लाख २२ हजार ४१३ रुपैयाँ बिगो कायम गरिएको छ ।

    त्यसैगरी अनुगमन समितिका संयोजक इन्द्रजीत बीसी, सदस्य हस्ता बीसी, सदस्य विजयबहादुर वलीलाई पनि प्रतिवादी कायम गरिएको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend