काठमाडौँ । साताको दोस्रो कारोबार दिन सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो ।
सुनको मूल्य बढेसँगै आजका लागि प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ थियो ।
यस्तै, सोमबार सुनसँगै चाँदीको मूल्य समेत बढेको छ । आइतबारको तुलनामा सोमबार चाादी प्रतितोला १५ रुपैयाँ बढेर १ हजार ९७५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ रहेको थियो ।

