२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • बालेनलाई अमरेशको चुनौती- 'सक्छौ भने सिंहदरबार...

बालेनलाई अमरेशको चुनौती- 'सक्छौ भने सिंहदरबार भत्काएर देखाऊ'

बालेनलाई अमरेशको चुनौती- 'सक्छौ भने सिंहदरबार भत्काएर देखाऊ'

सोमवार, माघ २८ २०८१०२:४६
सोमवार, माघ २८ २०८१०२:४६
  • images

    काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह तानाशाही भएको आरोप लगाएका छन् । 

    सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले मेयर बालेन तानाशाही भएको आरोप लगाएका हुन् । सिंहले कवाड व्यवसायीमाथि डोजर चलाएर काठमाडौंका मेयरले हिटलरको शैली अपनाएको आरोप लगाए ।

    उनले काठमाडौं महानगरका मेयर बालेनलाई कवाडी गोदाम मात्र नभएर सिंहदरबार भत्काउन चुनौती दिए ।

    'बालेनलाई च्यालेन्ज गर्छु हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ, हिम्मत छ भने सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाऊ । नाजीवादी शैली काठमाडौंको मेयरको चल्दैन ।' 

    २७ माघमा काठमाडौंको टेकुमा रहेको एक कबाड गोदाममा काठमाडौं महानगरपालिकाले डोजर चलाएको थियो । सो क्रममा महानगर प्रहरीको टोली र मजदुरहरूबीच झडप भएको थियो । झडपमा ३ जना घाइते भएका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend