काठमाडौं । सेयर बजार १०.९८ अंकको गिरावट आएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ११.४९ अंकले घटेर २६८८.३१ बिन्दुमा रोकिएको थियो।
सोमबार नेप्सेमा कुल ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार भने नेप्सेमा ८ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ। सोमबार न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
आज बोटलर्स नेपाल (बालाजु) र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। सोमबार उत्पादन समूहको सेयर मूल्य सर्वाधिक अर्थात् २.०७ प्रतिशतले घट्दा फाइनान्स समूहको सेयर मूल्य १.२३ प्रतिशतले घटेको छ।

