२०८३, आश्विन २२ गते

images

नमरी बाँचे फेरि भेटौँला भन्दै प्राधिकरणबाट बिदा भए हितेन्द्र

नमरी बाँचे फेरि भेटौँला भन्दै प्राधिकरणबाट बिदा भए हितेन्द्र

सोमवार, माघ २८ २०८१०४:४३
सोमवार, माघ २८ २०८१०४:४३
  • images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सेवा अवधि सकिएको छ । आफ्नो पदावधि नसकिँदै कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएपछि न्याय माग्दै उनी सर्वोच्च अदालत पुगेका थिए । पदावधि रहँदासम्म सर्वोच्चबाट उनको मुद्दामा सुनुवाइ नै भएन । यत्तिकैमा कार्यकाल सकिएपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्राधिकरणका सहकर्मीसँग बिदा लिएका हुन् ।

    ‘‘धन्यवाद, बाई बाई । नमरी बाँचे कालले साँचे फेरि भेट होला, तबसम्म बिट मारेँ है त,” उनले लेखेका छन्, “नेपाल विद्युत् प्राधिकरण र सम्पूर्ण सहकर्मी साथीहरू जय होस् ।’’

    आफूलाई कानुनविपरीत प्राधिकरणबाट हटाइएको जिकिरसहित शाक्यले सर्वाेच्चमा दायर गरेको रिटमा ३१ पटक तारेख धाए । र, ११ पल्ट पेसीमा सुनुवाइ नै भएन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend