२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सरकारले फेर्‍यो अर्थ सचिव, अख्तियार सचिव...

सरकारले फेर्‍यो अर्थ सचिव, अख्तियार सचिव उपाध्यायलाई जिम्मेवारी

सरकारले फेर्‍यो अर्थ सचिव, अख्तियार सचिव उपाध्यायलाई जिम्मेवारी

सोमवार, माघ २८ २०८११०:२७
सोमवार, माघ २८ २०८११०:२७
  • images

    काठमाडौं ।  सरकारले अर्थ सचिव परिवर्तन गरेको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हाे । 

    अर्थ मन्त्रालयको नेतृत्वमा फेरबदल गर्दै सरकारले उपाध्यायलाई नयाँ जिम्मेवारी दिएको हो । यसअघि अख्तियारमा सचिवको रूपमा कार्यरत उपाध्यायलाई अब देशको आर्थिक नीति, बजेट व्यवस्थापन, राजस्व नीतिहरू लगायतका विषयमा नेतृत्व दिनुपर्ने जिम्मेवारी आएको छ।

    अर्थ सचिव रहेका डा. घिमिरेको कार्यक्षमताको विषयलाई लिएर यसअघि नै पटक पटक सरुवा गर्ने चर्चा शुरु भएपनि सरुवा निर्णय रोकिँदै आएको थियो । 
    अर्थ सचिव घिमिरेलाई राष्ट्रपति कार्यालयतिर पठाएर त्यहाँका राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा मिलाउने कुरा भएको बताइएकाे छ । 

    त्यस्तै, बागमती प्रदेशको प्रमुख सचिवका रूपमा पनि एक वर्ष बिताएका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिवको रूपमा चार महिना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात महिना सचिवको रूपमा कार्य गरिसकेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend