२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सङ्घीय संसद्को बैठक बस्दै, यस्तो छ...

सङ्घीय संसद्को बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्को बैठक बस्दै, यस्तो छ कार्यसूची

मंगलवार, माघ २९ २०८१०८:४०
मंगलवार, माघ २९ २०८१०८:४०
  • images

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।  

    बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत सम्भावित कार्यसूची छ । 

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

    यसमाथिको छलफलपछि प्रधानमन्त्रीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

    आजको बैठकमा शून्य र विशेष समयमा पनि सांसद्हरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउने भएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend