२०८३, आश्विन २२ गते

images

नेपाल लाइफको २५औं वार्षिक साधारण सभा सम्पन्न, २१.०५% लाभांश वितरण

नेपाल लाइफको २५औं वार्षिक साधारण सभा सम्पन्न, २१.०५% लाभांश वितरण

सीएनएन खबर
मंगलवार, माघ २९ २०८११०:१३
सीएनएन खबर
मंगलवार, माघ २९ २०८११०:१३
  • images

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले १०% बोनस सेयर र ११.०५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    Nepal-Life-Insurance-25AGM-12.jpgअध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न सभाले आव २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै, आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरेको छ।

    अध्यक्ष संघईले कम्पनीको वृद्धि, नविन प्रविधिको प्रयोग, विकेन्द्रिकरण र ग्राहक केन्द्रित योजनामार्फत नयाँ उचाइ हासिल गर्ने प्रतिबद्धता जनाए।

    हाल कम्पनीको लगानी २१५ अर्ब, जीवन बीमाकोष २०८ अर्ब, र सेयरधनी कोष १२ अर्ब रुपैयाँ रहेको छ। नेपालभर १९५ कार्यालयमार्फत सेवा प्रदान गरिँदै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend