२०८३, आश्विन २२ गते

images
  • समाचार
  • शान्दार मःम ग्यास विस्फोटन प्रकरणः घाइते...

शान्दार मःम ग्यास विस्फोटन प्रकरणः घाइते २ जनाको मृत्यु

शान्दार मःम ग्यास विस्फोटन प्रकरणः घाइते २ जनाको मृत्यु

मंगलवार, माघ २९ २०८११०:२९
मंगलवार, माघ २९ २०८११०:२९
  • images

    काठमाडौँ । काठमाडौँको कमलपोखरीमा रहेको शानदार मम पसलमा आगलागी हुँदा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। 

    यही माघ २४ गते बिहान ग्यास सिलिन्डर विस्फोट भएर सानदार मम पसलमा आगलागी हुँदा ११ जना घाइते भएका थिए। 

    आगलागीमा परेर गम्भीर घाइते भएर काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा  हेटौँडा स्थायी घर भइ काठमाडौँ २८ कमलपोखरी बस्ने वर्ष १८ का रविन राई र भीमबहादुर घले रहेका जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए। 

    घाइते नौ जनाको हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

    कमलपोखरीनजिक केशव श्रेष्ठले सञ्चालन गरेको शानदार मम सेन्टरको भान्सा घरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहिँदा दुर्घटना भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend