काठमाडौँ । मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
सोमबार प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ६ सय रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबारका लागि प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको हो ।
मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । तथ्यांक अनुसार सोमबार प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो ।

