काठमाडौं । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च नेप्सेमा सामान्य अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.५४ अंकले बढेर २ हजार ६८३.८६ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.११ प्रतिशतले घटेर ४५०.१५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये २९९ वटा स्क्रिप्टको १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर ७ अर्ब २४ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

