काठमाडौँ । सरकारले एकै पटक १७ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबारको निर्णय अनुसार १७ जना राजपत्राकिंत प्रथम श्रेणीका कर्मचारीको सरुवा गरिएको जनाएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै, भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीको राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीको राष्ट्रिय सूचना आयोग, अर्थ मन्त्रालयकै नारायण प्रसाद रिसालको गृह मन्त्रालय, राष्ट्रिय सूचना आयोगका सचिव कमल प्रसाद भट्टराईको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।



