२०८३, आश्विन २२ गते

images

एनआईसी एशिया बैंक  घाटाले चुर्लुम्मै

एनआईसी एशिया बैंक  घाटाले चुर्लुम्मै

मंगलवार, माघ २९ २०८१०५:५०
मंगलवार, माघ २९ २०८१०५:५०
  • images

    बैंकिङ खबर/२० वाणिज्य बैंकहरुमध्येको एनआईसी एशिया बैंक निरन्तर घाटामा गएको छ । बैंक साढे २ अर्ब रुपैयाँभन्दा बढीले घाटामा छ । आर्थिक वर्ष २०७९÷८० मा ३ अर्ब ५३ करोड ४२ लाख रुपैयाँले नाफामा रहेको बैंक आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँले घाटामा गएको हो। नियामक नेपाल राष्ट्र बैंकले १ अर्ब ४ करोड २४ लाख ८५ हजार रुपैयाँ प्रोभिजन थपेपछि बैंक सञ्चित नोक्सानी (घाटा)मा गएको हो ।

    बैंकले प्रकाशित गरेको लेखापरीक्षण हुन बाँकी रहेको २०८०/८१ को वित्तीय विवरणमा २ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ संभावित नोक्सानी व्यवस्थाका लागि छुट्याएको थियो । राष्ट्र बैंकले बैंकले छुट्याएको प्रोभिजनिङ ३६.६५ प्रतिशतले थप गरेर ३ अर्ब ८८ करोड ६८ लाख रुपैयाँ प्रोभिजनिङ पुर्याएको छ ।

    बाह्य लेखापरीक्षणपछिको नाफाभन्दा बैंकले प्रकाशित गरेको लेखापरीक्षणअघिको वित्तीय विवरणमा उल्लेख भएको नाफा ४९.२४ प्रतिशतले फरक परेको छ । बैंकले १ अर्ब ३८ करोड १८ लाख नाफा भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । बाह्य लेखापरीक्षणपछि उक्त नाफा ४९.२४ प्रतिशतले घटेर ७० करोड १४ लाख ९७ हजार रुपैयाँमा खुम्चिएको छ ।

    बैंकले आगामी फागुन २२ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । घाटामा गएपछि बैंकले सेयरधनीलाई लाभांश दिन सकेन । पुँजीकोषमा परेको दबाब कम गर्न बैंकले २७औं वार्षिक साधारणसभामा ५ अर्ब रुपैयाँको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव लैजाँदैछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend