काठमाडौँ । बुधबार सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सुन प्रतितोलम २७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
मंगलबार तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ह्वात्तै घटेको हो ।
यस्तै, बुधबार सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । तथ्यांक अनुसार सुन बुधबार तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ३० रुपैयाँ कायम भएको छ ।

