२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • खस्किँदै इ–सेवाको गुणस्तरः पटक–पटक समस्या हुँदा...

खस्किँदै इ–सेवाको गुणस्तरः पटक–पटक समस्या हुँदा सेवाग्राही हैरान

खस्किँदै इ–सेवाको गुणस्तरः पटक–पटक समस्या हुँदा सेवाग्राही हैरान

बुधवार, माघ ३० २०८१०१:५०
बुधवार, माघ ३० २०८१०१:५०
  • images

    काठमाडौं । भुक्तानी सेवा सञ्चालक कम्पनी इ–सेवाको पछिल्लो समय गुणस्तर खस्किँदै गएको छ । केही दिनयता बेलाबेला समस्या देखिएका कारण सेवाग्राहीहरु हैरान भएका छन् ।

    मंगलबार साँझ पनि इसेवामा समस्या आएको थियो । इसेवामा एप नै नखुल्ने, भुक्तानी नहुने, भुक्तानी प्राप्त गर्न नसकिनेजस्ता समस्या देखिने गरेको छ । यस समस्यालाई लिएर प्रयोगकर्ताहरूले गुनासोसमेत गर्ने गरेका छन् ।

    पछिल्लो एक सातादेखि इसेवामा यस्तो समस्या बढेको छ । इसेवाको मुख्य कम्पनी एफवानसफ्ट ग्रुपका निर्देशक सुवास शर्माले भने ‘लोड बढ्दा’ सेवा प्रवाहमा समस्या भइरहेको बताए ।

    यो समस्या समाधानका लागि प्राविधिक टिमले काम गरिरहेको उनले बताए । प्लेस्टोरमा मात्रै एक करोडभन्दा बढी डाउनलोड्स रहेको इसेवा नेपालको सबैभन्दा पुरानो र प्रमुख डिजिटल वालेट हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend