२०८३, आश्विन २२ गते

images
  • समाचार
  • बबरमहलमा फुट्यो मेलम्चीको पाइप,सरकारी कार्यालयसँगै बस्ती...

बबरमहलमा फुट्यो मेलम्चीको पाइप,सरकारी कार्यालयसँगै बस्ती डुवानमा (तस्वीरहरू)

बबरमहलमा फुट्यो मेलम्चीको पाइप,सरकारी कार्यालयसँगै बस्ती डुवानमा (तस्वीरहरू)

बुधवार, माघ ३० २०८१०४:४४
बुधवार, माघ ३० २०८१०४:४४
  • images

    काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न बनेको छ ।

    बुधबार दिउँसो पाइप फुटेपछि त्यस क्षेत्रमा रहेको विशेष अदालतलगायतका सरकारी कार्यालयहरू बाढी पसेर जलमग्न बनेका छन् । 

    ठूलो पाइप भएकाले वितरण केन्द्रबाट बन्द गर्दा पनि जमेको पानी आउने क्रम रोकिएको छैन । बबरमहलमै रहेको विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अन्य सरकारी कार्यालयका काम पनि रोकिएका छन् ।

    मेलम्ची खानेपानी आयोजनाको पाइप पटक–पटक फुट्ने समस्या दोहोरिरहेको छ । खानेपानीको पाइप फुटेपछि अहिले त्यस क्षेत्रको खानेपानी वितरण प्रणाली बन्द गरिएको छ ।​

    479517335_9116792018412155_4527560393413729809_n.jpg
    476789971_9116791491745541_5652521561242584513_n.jpg
    476720348_9116791521745538_5293083998217785370_n.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend