२०८३, आश्विन २२ गते

images
  • समाचार
  • मेलम्चीको पानी पसेपछि भासियो बबरमहलको सडक,...

मेलम्चीको पानी पसेपछि भासियो बबरमहलको सडक, सवारी आवागमन बन्द

मेलम्चीको पानी पसेपछि भासियो बबरमहलको सडक, सवारी आवागमन बन्द

बुधवार, माघ ३० २०८१०५:१४
बुधवार, माघ ३० २०८१०५:१४
  • images

    काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि बबरमहल क्षेत्रको सडक भासिएको छ । पानीको ठूलो बहाव अनियन्त्रित भएपछि सडक भासिएको हो ।

    सडक भासिएपछि त्यसक्षेत्रमा यातायात आवागमन रोकिएको छ । त्यस रुटबाट चल्ने यातायातका साधनलाई डाइभर्ट गरिएको छ ।

    खानेपानीको थोक प्राणालीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भएको छ । आज दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो ।

    काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय ९पिआइडी० का प्रमुख टीकाबहादुर चौधरीले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको जानकारी दिए । 

    babarmahal1.jpg

    उनले भने, “पाइप फुटेपछि पानी वितरण गर्ने भल्ब बन्द गरी पाइप सफा गर्नेकाम ९वास आउट० भइरहेको छ । हालसम्म पानी बग्न भने रोकिएको छैन ।”

    पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतसहित वरपरका सरकारी भवन जलमग्न बनेका थिए भने केही सवारीसाधन डुबानमा समेत परेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend