२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा ९.४०%...

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा ९.४०% वृद्धि,

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा ९.४०% वृद्धि,

सीएनएन खबर
बुधवार, माघ ३० २०८१०५:४३
सीएनएन खबर
बुधवार, माघ ३० २०८१०५:४३
  • images

    काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अनुसार कम्पनीले २७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको २५ करोड ५१ लाख रुपैयाँको तुलनामा ९.४० प्रतिशतले वृद्धि भएको हो।

    वित्तीय विवरणअनुसार, कम्पनीको महाविपत्ति कोषमा ५९ करोड ७६ लाख, रिटेन्ड अर्निङमा ७३ करोड ९३ लाख, र अन्य इक्विटीमा ४० करोड ७८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तमा यी कोषहरूको परिमाण क्रमशः ५६ करोड ९७ लाख, १ अर्ब २२ करोड ८२ लाख र ३९ करोड ३० लाख रुपैयाँ रहेको थियो।

    समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ७७ अर्ब ९५ करोड ८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६६ अर्ब १८ करोड ५५ लाख रुपैयाँको तुलनामा १७.७८ प्रतिशतको वृद्धि हो।

    कम्पनीले दोस्रो त्रैमाससम्म ९ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँको तुलनामा १२.२० प्रतिशतको वृद्धि दर्शाउँछ।

    कम्पनीको खुद बीमाशुल्क आर्जन ९ अर्ब ४८ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ८ अर्ब ३८ करोड ७३ लाख रुपैयाँको तुलनामा १३.१४ प्रतिशतले बढेको छ।

    कम्पनीको शेयरपुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ रहेको छ भने वार्षिकीकृत प्रतिशेयर आम्दानी १०.७५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १०.१८ रुपैयाँको तुलनामा वृद्धि हो। कम्पनीको पीई रेसियो ५६.०७ गुणा रहेको छ र प्रतिशेयर नेटवर्थ १३४.०१ रुपैयाँ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend