२०८३, आश्विन २२ गते

images

ठगी गरेको अभियोगमा महिला पक्राउ

ठगी गरेको अभियोगमा महिला पक्राउ

बुधवार, माघ ३० २०८१०९:२९
बुधवार, माघ ३० २०८१०९:२९
  • images
    काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ झ्यालबासकी ३० वर्षीया रोश्मी सोती पक्राउ परेकी छिन् । 
     
    छ लाख ४० हजार रुपैँया लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई आज काठमाडौं बनस्थलीबाट पक्राउ गरेको हो । 
     
    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको विभागका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend