काठमाडौँ । बुधबार घटेको सुनको मूल्य बिहीबार ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बिहीबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९३० रुपैयाँ रहेको चाँदी आज १९६५ रुपैयाँ कायम भएको छ ।

