२०८३, आश्विन २२ गते

images
  • समाचार
  • निर्दयी शिक्षिकाः जसले ४ विद्यार्थीको गालामा...

निर्दयी शिक्षिकाः जसले ४ विद्यार्थीको गालामा डामिन तातो पनिउँ

निर्दयी शिक्षिकाः जसले ४ विद्यार्थीको गालामा डामिन तातो पनिउँ

बिहिवार, फाल्गुण १ २०८१०२:०८
बिहिवार, फाल्गुण १ २०८१०२:०८
  • images

    काठमाडौं । विद्यार्थीका गालामा तातो पनिउँले डाम्ने एक शिक्षिका पक्राउ परेकी छन् । तनहुँको भिमाद नगरपालिका–६ मा रहेको प्रभात एकेडेमीमा पढाउने शिक्षिका सुष्मा श्रेष्ठले कक्षा ४ मा अध्यनरत एक बालकलाई तातो पनिउँले गालामा डामिदिएकी हुन् ।

    उनी सोही विद्यालय सञ्चालक कृष्ण श्रेष्ठकी छोरी हुन् । विद्यार्थीलाई अनुशासनको नाममा उनले यस्तो प्रकारको हर्कत गरेको पाइएको छ । ती शिक्षिकालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend